जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बाट जसपा नेपालको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शुत्रधन साहले वकिल टोल, रेल्वे स्टेशन एरियामा घरदैलो कार्यक्रम गरेका छन् ।

बुधबार दिउँसो मतदाताहरुको बिचमा पुगेर आफूले विगतमा गरेको कामको उपलब्धी बताउँदै आउने दिनमा थप प्रभावकारी काम गर्ने भन्दै दोस्रो कार्यकालको लागि आफूलाई जिताउन मतदाताको घर घरमा गएर उनले अपिल गरेका छन ।

साहले आफू वडा नम्बर–१ मा धेरै काम गरेको बताउँदै विगतमा गरेको कामको मुल्यांकन गर्दै आफूलाई मत दिन आग्रह गरे । साहले कोरोनाकालमा गरिव विपन्नहरुको लागि राहतदेखि खानासम्मको प्रबन्ध गरेको बताउँदै हरेक कठिन समयमा आफू जनताको पक्षमा उभेको बताए ।

साहले जाडोको समयमा आफूले चोकचोकमा दाउरा सहितको प्रबन्ध गरेको बताउँदै जनताको हरेक सुखदुःखमा आफूले क्षमताले भ्याएसम्मको सहयोग गरेको बताए ।