जनकपुरधाम, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकामै रोजगारीको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लक्ष्मिनीयाँ गाउँपालिका–१ स्थित सोहनी सिनुरजोरा, अरेरवामा उपाध्यक्षका उम्मेदवार भोली यादवसँगै घरदैलोमा पुगेका अजयले गाउँपालिकामै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरका हुन् ।

उनले स्वरोजगारमूलक सीपको तालिम दिएर रोजगारी सिर्जना गर्ने बताए । उनले भने, ‘मलाई गाउँपालिकाको सर्वांगिन विकासका लागि एक पटक अवसर दिनुस ।’

उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने उनको भनाई थियो ।