काठमाडौं, २० बैशाख । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ४६ लाख नाघेको छ ।

२०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यवसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

यस्तै १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका अर्थ मन्त्रालयले जनाएको छ ।