बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं, २० बैशाख । ५० वर्षीय बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोविन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालगोविन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका उनका ५० वर्षीय बुवा शंकर यादवको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोविन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


