काठमाडौं, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो ।

यही १६ वैशाख १६ मा परेको उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ । उजुरीमा शहरी विकास परियोजनामा काम गर्न प्राविधिक विषयको ज्ञाता हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप लगाइएको छ ।

अख्तियारमा उनीविरुद्ध दर्ता गरिएको उजुरीको नम्बर सी–०३२५३१, ०७९–०१–१६, १५२६२३८५ रहेको छ ।