देशभर विभिन्न पदमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं, १९ बैशाख । देशभर अहिलेसम्म विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै ३५३ जना उम्मेदार निर्विरोध भएको उनको भनाइ छ । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


