एमाले मधेस प्रदेश कमिटीका सदस्य साह एकीकृत समाजवादीमा प्रवेश

रौतहट, १९ बैशाख । नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजीले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए ।
वर्षौंदेखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पंक्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


