आइजीपी नियुक्तिविरुद्ध पोखरेललको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं, १९ बैशाख । सरकारले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्त गरेपछि यो निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेल सर्वाेच्च अदालत पुगेका छन् । उनको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले पोखरेल भन्दा १६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


