काठमाडौं, १९ बैशाख । सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मालम्बीहरूको पर्व इद–उल–फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद–उल–फित्रमा बिदा दिने निर्णय भएको हो । यसअघि मुस्लिम आयोगले चन्द्रमा हेरेर कहिले इद मनाउने भन्नेबारे निर्णय लिने बताएको थियो ।