महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

महोत्तरी, १९ बैशाख । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोनमा गाँउपालिका–३ रघुनाथपुर बस्ने जोगिन्द्र यादवका ६ वर्षीय छोरा सुजित कुमार यादव रहेका छन् ।
घरभन्दा पाँचसय मिटर पश्चिममा रहेको पोखरीमा डुबेको अवस्थामा स्थानीयले बालकको उद्धार गरेका थिए ।
अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्घान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रले जनकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


