जनकपुरधाम, १९ बैशाख । मधेस प्रदेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।

मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामनासमेत गरेका छन् ।