बलराम र निर्मलको संयुक्त घरदैलो अभियान

जनकपुरधाम, १८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतो र उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले संयुक्त रुपमा घरदैलो अभियानको थालनी गरेका छन् ।
चुनाव चिन्ह पाएपछि दुबैजनाले संयुक्त रुपमा प्रचारप्रसारलाई तिव्रता दिएका हुन् ।
आइतबार जनकपुरधाम उपमहानगरपालिकाको सोहनीमा घरदैलो गर्दै चौधरीले आफुहरु बिच सँगसँगै निर्वाचन जाने गठबन्धन भएको बताए । उनले मेयरको भिजनलाई आफू कार्यान्वन गर्ने पक्षमा रहेको र आफुहरुको चुनावी एजेण्डा पनि एकनासको रहेको बताए ।

चौधरीले जनकपुरधाम बनाउने अभियानमा दुबैजना लागेकोले आफूहरुबिच सहकार्य भएको र आफुहरुको कुनै स्वार्थ समेत नरहेको स्पष्ट गरे । उनले जनकपुरधाम परिवर्तनको आवश्यकता रहेको बताउँदै जनकपुरधाममा पर्यटन, कृषि र सिपमुलक आय आर्जनको निकै सम्भावना रहेकोसमेत दाबी गरे ।
नगरपालिकामा आजसम्म स्वरोजगारमुखि योजनाहरुको विकास नभएकोसमेत उनले बताए । आफुहरुको चाहना जनकपुरधाम मधेस प्रदेशको राजधानी भएकोले यसलाई औद्योगिकरणको आवश्यकता रहेको बताउँदै उनले यसबाट युवा वर्गहरुलाई लाभ लिन प्रशस्त सम्भावना रहेको धारणा राखे ।
चौधरीले जबसम्म औद्योगिकीकरण हुँदैन् तबसम्म युवावर्गको पलायन रोक्न नसकिने बताउँदै आफुहरु जनकपुरधामको सार्वजनिक जग्गाहरुलाई औद्योगिकरण गर्न सकिने योजना अगाडि सारेको बताए । उनले नगर क्षेत्रमा औद्योगिकरण गरिएको खण्डमा मात्रै युवाको पलायन रोक्न सकिने समेत बताए ।

मेयरको उम्मेदवार महतोले समेत दुबैजनाको चाहना विकास र समृद्धि रहेकोले आफुहरु यसै अभियानमा स्वतन्त्र उम्मेदवारी दिएर सहकार्यको साथ अगाडि बढेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


