सिरहामा चुनावी प्रचारमा हिँडेका एक वृद्धको मृत्यु

सिरहा, १८ बैशाख । सिरहामा जनता समाजवादी पार्टी नेपालको चुनावी प्रचार प्रसारमा हिँडेका एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका–१ का ६५ वर्षीय बद्री मोची रहेको प्रहरीले जनाएको छ ।
शनिबार उनी चुनावी प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका थिए । उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगेपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
मृतक मोचीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


