पर्साबाट चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ

पर्सा, १८ बैशाख । प्रहरीले पर्साबाट चोरीको मोटरसाइकलसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १० रानीघाटका १८ वर्षीय कुन्दन साह, रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंह र पर्साको ठोरी गाउँपालिका वडा नं. १ का २५ वर्षीय निरज सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज–५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना ६४ प ९६०० नम्बरको मोटरसाईकल शनिवार राति ११ बजे घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएपछि प्रहरीलाई खबर गरेका थिए ।
खोजतलासको क्रममा प्रहरीले चोरी भएको मोटरसाइकल सहित दुईजनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
यस्तै शनिवार साँझ ठोरी–१ का ४० वर्षीय शिवशंकर मण्डलको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको थियो ।
प्रहरीले चोरी भएको खबर पाएपश्चात मोटरसाइकल निरज सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले लुकाइछिपाई राखिएको अवस्थाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


