जनकपुरधाम, १८ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।