जनकपुरधाम, १७ बैशाख । धनुषाको विदेह नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोविन्द कुमार साहले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् ।

विदेह नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले शनिबार साहलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

साहले चुनाव लडनका लागि एसएसपी पदबाट राजीनामा दिएका थिए ।

उनलाई नेपाली कांग्रेसले मेयरमा टिकट दिने आवश्वासन दिएपनि अन्त्यमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।