सप्तरीबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

सप्तरी, १७ बैशाख । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवलाई बिक्री वितरणका लागि आफ्नै घरमा लागुऔषध राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यादवले बिक्री वितरण गर्ने उद्देश्यले आफ्नो घरमा लागुऔषध भण्डारण गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।
नाइट्रोभेट ट्याब्लेट १ हजार २५० पिस, डाइजेपाम इन्जेक्सन ७५० एम्पुल, फेनार्गन इन्जेक्सन ७५० एम्पुल, नूफिन इन्जेक्सन ७५० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


