पर्सा, १७ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को पनि खाता खुलेको छ ।

जसपाले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–१ बाट आफ्नो जितको पहिलो खाता खोलेको हो ।

पटेर्वा सुगौली गाउँपालिका–१ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।

जसपा पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बसन्ती निर्विरोध निर्वाचित भएको जानकारी दिए ।