अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

जनकपुरधाम, १७ बैशाख । धनुषा प्रहरीले अवैध भन्सार चोरी निकासीका समानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटेको प्रहरी टोलीले धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–४ स्थित सडक खण्डमा भारत तर्फबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका सामानहरु बरामद गरेको हो ।
प्रहरीले ज. ७ प. ४०७२ नम्बरको मोटसाइकलमा पछाडि लोड गरी राखेको प्लास्टिकको झोला बनाउने अन्दाजी १ लाख २० हजार मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


