जनकपुरधामको चौतर्फि विकासका लागि ग्रामीण वडाहरुको विकास आवश्यक : बलराम महतो

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतो चुनावी अभियानमा निरन्तर खटिरहेका छन् ।
उनको दौडधुप दिनरात जारी रहेको देखिन्छ । महतोले घरदैलो अभियानको क्रममा आफू निर्वाचित भए ग्रामीण वडाहरुको विकास गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेंगा शिवपुरमा मतदाताको घर घरमा पुगेका महतोले जनकपुरधामको चौतर्फि विकासका लागि ग्रामीण वडाहरुको विकास हुनु पहिलो प्राथमिकताको विषय रहेको बताए ।
उनले भने, ‘म निर्वाचित भएपछि मेरो विशेष ध्यान ग्रामीण वडाको विकासमा रहने छ । किनभने ग्रामीण वडाको विकास भए मात्र नगरको सम्मुनत विकास सम्भव छ ।’
‘वडाध्यक्ष पदका उम्मेदवारहरु समेत आ–आफ्नो वडामा वचनवद्धता जनाइरहेका होलान्, उनीहरुको वचनवद्धता पूरा गर्न म सदैव तत्पर रहने छु, ‘उनले भने ।
वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि आफूले कसंसँग भेदभाव नगर्ने महतोले प्रतिवद्धता जनाए ।
उनले जनकपुरधामको समगग्र विकासका लागि असल अभिभावकको आवश्यकता रहेकोले सोही अनुरुप चुनाव गर्न मतदाताहरुसँग आग्रहसमेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


