देशभर करिब चार हजारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, १६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले उम्मेदवारी फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिन रूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको बताए ।
सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार १ लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


