लक्ष्मिनीया गाउँपालिका : एमालेका उम्मेदवार अजयले गरे २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

जनकपुरधाम, १६ बैशाख । नेकपा एमालेको तर्फबाट धनुषाको लक्ष्मिनीया गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अजय यादवले २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार यादवले पत्रकार सम्मेलन मार्फत आफ्नो २३ बुँदे प्रतिबद्धता पत्र र आगामी कार्ययोजना सार्वजनिक गरेका हुन् ।
बैशाख ३० मा हुने स्थानीयत तह निर्वाचनका लागि एमालेबाट उम्मेदवारी दिएका यादवले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायतका गतिविधिलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
उनले आफु जिते नगरलाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थापना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लगायतका प्रतिबद्धता जनाएका छन् ।

उनले स्थानीय स्तरमा सिपमुलक स्वरोजगारीका लागि विभिन्न तालिम, गरिब तथा विपन्न परिवारका बालबालिकाको उच्च शिक्षाका लागि छात्रवृति, खेलकुदलाई ध्यानमा राखि स्टेडियमको स्थापना, अर्गेनिक खेतीसँगै उब्जाउ जमिन बनाउने अभियान सञ्चालन गर्नेलगायतका बुँदाहरु आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


