काठमाडौँ महानगरपालिकामा लोसपाको मेयर र उपमेयरको उम्मेदवारी खारेज

काठमाडौं, १६ बैशाख । काठमाडौँ महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ ।
लोसपाले मेयर र उपमेयरमा पुरुषलाई नै उम्मेदवार बनाएपछि दुबैजनाको उम्मेदवारी खारेज भएको हो ।
काठमाडौं महानगरपालिकामा लोसपाको तर्फबाट मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै पदमा पुरुषलाई नै उम्मेदवार बनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


