बारा, १५ बैशाख । प्रहरीले बाराबाट डेढ क्विन्टल लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलियाका ३५ वर्षीय अजित पासवान र रामदर्शन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पहिलो पटक दिन ५ को म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।