बाराबाट लागूऔषध नाइट्रोभेट सहित एक युवक पक्राउ

बारा, १५ बैशाख । प्रहरीले बाराबाट लागूऔषध नाइट्रोभेट सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय अनिष श्रेष्ठ रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
श्रेष्ठलाई लागूऔषध नाइट्रोभेट ६० पिस सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।
श्रेष्ठलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद लिई थप अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


