मधेस प्रदेशमा ३८ हजार भन्दा बढीको उम्मेदवारी

जनकपुरधाम, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा ३८ हजार भन्दा बढीको उम्मेदवारी परेको छ ।
१३६ वटा स्थानीय तह रहेको यस प्रदेशमा ३८ हजार ७८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलवार बेलुकासम्म यस प्रदेशका पालिकाहरुको मेयरमा १ हजार ४ सय, उपमेयरमा ६६२, गाउँपालिका अध्यक्षमा ८९४, उपाध्यक्षमा ४७८, वडाअध्यक्ष पदमा ९ हजार १८५, महिला सदस्यमा ६ हजार ५२१, दलित महिला सदस्यमा ६ हजार २२५ र अन्य सदस्यमा १३ हजार ४२२ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालय मधेस प्रदेशले जनाएको छ ।
धनुषामा मेयरका लागि २५४, उपमेयरमा १०५, अध्यक्षमा ११०, उपाध्यक्षमा ४३, वडाअध्यक्षमा १ हजार ४११, महिला सदस्यमा ९७३, दलित महिला सदस्यमा ८९५ र सदस्यमा १ हजार ९८८ जनाले उम्मेदवारी दिएका छन् भने महोत्तरीमा मेयरमा १८०, उपमेयरमा ९४, अध्यक्षमा ९०, उपाध्यक्षमा ४७, वडाअध्यक्षमा १ हजार १३, महिला सदस्यमा ६३७, दलित महिला सदस्यमा ६३६ र सदस्यमा १ हजार ३७७ जनाले उम्मेदवारी दिएका छन् ।
सप्तरीमा मेयरका लागि ९४, उपमेयरमा ६९, अध्यक्षमा ११०, उपाध्यक्षमा ८०, वडाअध्यक्षमा १ हजार २१६, महिला सदस्यमा १ हजार ३, दलित महिला सदस्य ९५६ र सदस्यमा १ हजार ९५६ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै सिरहामा मेयरमा १५७, उपमेयरमा ७३, अध्यक्षमा १४१, उपाध्यक्षमा ६१, वडाअध्यक्षमा १ हजार ८३, महिला सदस्यमा ८९५, दलित महिला सदस्य ९५६ र सदस्यमा १ हजार ९५६ जनाले उम्मेदवारी दिएका छन् ।
सर्लाहीमा मेयरमा १६७, उपमेयरमा ९३, अध्यक्षमा १६१, उपाध्यक्षमा ७९, वडाअध्यक्षमा १ हजार ४९३, महिला सदस्यमा १ हजार ४१, दलित महिला सदस्य ९९५ र सदस्यमा २ हजार ९५ जनाले मनोनयन दर्ता गरेका हुन् ।
रौतहटमा प्रमुखमा ३७८, उपप्रमुखमा १४४, अध्यक्षमा ३५, उपाध्यक्षमा २४, वडाअध्यक्षमा १ हजार २७३, महिला सदस्यमा ८५४, दलित महिला सदस्यमा ८२७ र सदस्यमा १ हजार ७२२ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी पर्सामा मेयरमा ७६, उपमेयरमा ३१, अध्यक्षमा १४५, उपाध्यक्षमा ७८, वडाअध्यक्षमा ७४१, महिला सदस्यमा ४४०, दलित महिला सदस्यमा ४०१ र सदस्यमा १ हजार ६७ जनाले उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


