उपकुलपति प्रा.डा.विश्वराज जोशी निलम्बित

हेटौंडा, १५ बैशाख । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशीलाई निलम्बन गरेको छ ।
पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकारी दिए ।
प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति प्रा.डा.जोशीले जिम्मेवारीपूर्वक काम नगरेको लगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकुलपति प्रा.डा.जोशी स्वतः निलम्बनमा परेको सचिव भुसालको भनाइ छ ।
प्रा.डा. जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


