हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

काठमाडौं, १५ बैशाख । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको जनाएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् ।
उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको बताइन् ।
राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


