काठमाडौं, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि ७२ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।

उनले आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको जानकारी दिएको हो ।

हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि उनले जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।