रौतहट, १४ बैशाख । रौतहटका १८ पालिका प्रमुखका लागि ४१५ जनाले मनोनयन दर्ता गराएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटका १८ पालिका प्रमुखका लागि ४१५ र उपप्रमुखका लागि १६८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

रौतहटको १६ नगरपालिका र २ गाउँपालिकाका गरी १८ स्थानीय तह छन् ।

यस्तै जिल्लामा १५७ वडाध्यक्षका लागि १ हजार २७७ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

खुला सदस्यमा १ हजार ८०७ जना , महिला सदस्यमा ८७१ जना र दलित सदस्यमा ८४७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।