नेपालमा ३० लाख भन्दा बढीले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

काठमाडौं, १४ बैशाख । नेपालमा ३० लाख भन्दा बढीले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् ।
नेपालको कुल जनसंख्याको ६६.९ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
१२ देखि १८ वर्षसम्मका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत रहेको छ । नेपालमा खोप अभियान सुरु भएदेखि ४ करोड १४ लाख ५६ हजार ८१२ मात्रा खोप लगाइएको छ ।
त्यस्तै, मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


