स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा शान्तिपूर्ण रुपमा सम्पन्न हुने गृहमन्त्रीको दाबी

काठमाडौं, १४ बैशाख । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा शान्तिपूर्ण रुपमा सम्पन्न हुने दाबी गरेका छन् ।
बुधबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रतिपक्षी दलका नेताले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाइरहँदा गृहमन्त्री खाँणले समयमै निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका हुन् ।
उनले भने, ‘संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।’
गृहमन्त्री खाँणले कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन संवाद र छलफल गरेर अघि बढ्ने बताए । चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्ने उनको भनाइ छ ।
चितवनको भरतपुर महानगरमा गठबन्धनको तर्फबाट रेणु दाहाल पुनः मेयरको उम्मेदवार बनेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


