नेकपा एसका मकवानपुर अध्यक्ष पोखरेलले दिए राजीनामा

मकवानपुर, १४ बैशाख । नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् ।
८ महिनाअघि पार्टी गठन गर्दा दिइएको नारा पूरा नभएकाले आफूले पार्टी छाडेको उनले बताए ।
पार्टीमा अहिले व्यक्तिवादी हावी भएको, सरकारमा भएका मन्त्री तथा अवसर पाएकाहरुमा नैतिक आचरणमा समस्या देखिएको, पार्टीका नेताहरु भ्रष्ट भएको आरोप पनि उनले लगाएका छन् ।
बुधबार दिउँसो एक विज्ञप्ति निकाल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले गठबन्धनको नाममा अहिले नेपाल कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको पनि आरोप लगाएका छन् ।
उनले आफूले पार्टीको साधरण सदस्यसमेत नरहने गरि राजीनामा दिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


