बुटवल, १३ बैशाख । लुम्बिनी प्रदेशका सांसद दीपेश थारुले सांसद पदबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य बनेका थारु बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका हुन् ।

प्रचार प्रसारमा व्यस्त रहेका थारुले प्रदेश भन्दा स्थानीय तहबाट जनताको अझ धेरै सेवा गर्न सकिने बताए ।

उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानीय तहमा आएको छु ।’

उनी बर्दियाको २ क्षेत्रको (ख) बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रबाट गठबन्धनबिना नै मेयरको लागि चुनावी मैदान उत्रिएका छन् ।