सर्लाहीमा डिजेसहितको रथले किचिएर एक बालिकाको मृत्यु

सर्लाही, १३ बैशाख । बिहेमा लुटाइएको चक्लेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा डिजेसहितको रथले किचिएर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गोडैता नगरपालिका–१० सिसौटिया बस्ने प्रेम पण्डितको करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डित रहेको प्रहरीले जनाएको छ ।
बसबरियाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा लुटाइएको चक्लेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतक बालिका धनगढीस्थित आफ्नो मामा घर आएको बेलमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
डिजे रथ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


