महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १३ बैशाख । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।
उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


