इन्द्रसरोवर गाउँपालिकामा वडा सदस्यमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित

मकवानपुर, १३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा वडा सदस्यमा नेकपा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् ।
गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइ र सोही गाउँपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएका हुन् ।
ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


