जनकपुरधाम, १३ बैशाख । धनुषामा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

सोमबार राति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा साढे २ बजे तीनजना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु भएका तीनजनामध्ये हालसम्म दुईजनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

सनाखत भएकामा जनकपुरधाम उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल र विदेह नगरपालिका–६ एकराहीका १८ वर्षीय अविनास मण्डल रहेका छन् । अन्य एकजनाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।