मुख्यमन्त्री राउतले पत्नीलाई बनाए गाउँपालिका उपाध्यक्षको उम्मेदवार

जनकपुरधाम, १३ बैशाख । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रीमतीलाई नै गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।
राउतकी पत्नी जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाइएको हो । खातुनले सोमबार जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।
पार्टी र राजनीतिमा सक्रिय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले आफ्नो जोडबलमा उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।
मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवारलाई जसपाले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज–१६ को वडाध्यक्षमा उम्मेदवारी दिएकी छन् । जबकी सहिद पत्नि विनिता २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


