बारा, १२ बैशाख । बाराको सुवर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र राय यादव जसपा परित्याग गरी लोसपामा प्रवेश गरेका छन् ।

उनीसङ्गै ८ जना वडाध्यक्ष, सदस्य लगायत दलबलको साथ सोमबार लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहले फूलमाला, गमछा र टिका लगाई पार्टीमा स्वागत गरेका छन् ।

बाराको सुर्वण गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई टिकामाला लगाई भित्राइएको हो ।