जनकपुरधाम, १२ बैशाख । धनुषाको नगराइन नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट विनय कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

नगराइन नगरपालिका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको पैतृक गाउँ पनि हो ।

उक्त नगरपालिकामा यसअघि नेपाली कांग्रेसकै परमेश्वर यादव मेयर पदमा निर्वाचित भएका थिए ।

कांग्रेसलाई उक्त विरासत जोगाउन यसपटक चुनौती थपिएको छ ।