शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पतीको शव फेला

बुटवल, ११ बैशाख । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पतीको शव फेला परेको छ ।
मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी ५५ वर्षीया श्रीमती कमला श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका थिए । तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा दुबैजनाको शव जंगलमा भेटिएको केसीले बताए ।
शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी केसीले बताए ।
मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


