विराटनगरको मेयरका आकांक्षीमा एमालेबाट लालबाबुसहित ३ जना थपिए

काठमाडौं, ११ बैशाख । नेकपा एमालेले उम्मेद्वार टुंग्याउन बाँकी रहेको विराटनगर महानगरपालिकामा आकांक्षी नेताहरु थपिएका छन् । महानगर कमिटीले पाँच जनाको नाम पठाएको थियो ।
तर महानगरमा हेबीवेट नेता उम्मेद्वार बन्नुपर्ने पार्टी नेताहरुको सुझावपछि सम्भावित उम्मेद्वारका रुपमा नेताहरुको नाम थपिएको एक नेताले बताए । उनका अनुसार, पूर्वमन्त्री लालबाबु पण्डित, पूर्व प्रदेशमन्त्री जीवन घिमिरे र गुरु बरालको नाम थपिएको छ ।
विराटनगर महानगर कमिटीले भने यी नेताहरुको नाम बाहेक पाँचजनाको नाम सिफारिस गरेको छ ।
महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कमिटीमा पठाइएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगरको उम्मेद्वार टुंग्याएपनि थप अध्ययन आवश्यक रहेको भन्दै विराटनगर महानगरको उम्मेद्वारबारे निर्णय गरेको थिएन । नेताहरुको परामर्शमा अध्यक्ष केपी शर्मा ओलीले विराटनगर महानगरको उम्मेद्वार टुंग्याउनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


