सप्तरी, ११ बैशाख । सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टीका ३२ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउनेमा अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा बेचनीदेवी सरदार, वडाध्यक्षहरुमा नम्बर नं. १ मा लालबाबु महतो, २ मा दानालाल साह, ३ मा सरयुग साह, ४ मा तेजनारायण यादव, ५ मा गंगाराम यादव, ६ मा बद्री सरदारले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी सोही पार्टीका २४ जनाले फरक फकर वडामा सदस्यका लागि मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।