पूर्व राज्यमन्त्री झाको निधन

काठमाडौं, ११ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ ।
४३ वर्षीया झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । डिम्पल लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झाकी पत्नी हुन् ।
आइतबार बिहान साढे ४ बजे काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा उनको निधन भएको लोसपा नेता राजिव झाले जानकारी दिए ।
२०७५ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।
आफ्नो कार्यकालमा उनले मन्त्री जितेन्द्र सोनलबाट असन्तुष्ट हुँदै राजिनामा समेत दिएकी थिइन् । पछि फेरि फिर्ता लिएकी थिइन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका मतसरी घर भएकी झा संघीय सद्भावना पार्टीबाट २०६४ पहिलो संविधान सदस्य बनेकी थिइन् ।
उनी समानुपतिक कोटाबाट संविधानसभा सदस्य बनेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


