धनुषामा कार दुर्घटनामा परी एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम, ११ बैशाख । धनुषामा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा कार चालक भारतिय नागरिक नविन कुमार रायको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको छ ।
महेन्द्रनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


