सिरहाका जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधन बुझाए

सिरहा, १० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाएका छन् ।
११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एकदिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।
सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईल लगायतका सामग्री जिन्सी शाखालाई बुझाएका छन् । पालिका अध्यक्ष यादवसँगै सवै वडाध्यक्षहरुले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईलसमेत बुझाएका छन् ।
त्यसैगरी सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाभी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।
उनीहरु दुवैजना जनता समाजवादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


