रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु

रौतहट, १० बैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर–११ बस्ने २५ वर्षीय प्रदीप चौधरी रहेको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर धमलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


