हेटौँडाकी मेयरकी उम्मेदवार लामाले दिइन् उपमेयरबाट राजीनामा

मकवानपुर, १० बैशाख । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयरबाट राजीनामा दिएकी छन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पदमा उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ ।
शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


