यादवका समर्थकले गरे जसपा पार्टी कार्यालय घेराउ

जनकपुरधाम, १० बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरुले जनकपुरधामस्थित जसपाको प्रदेश पार्टी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिकाको नगर समिति बैठकबाट सिफारिस भएका नामहरु मध्ये मेयर पदका उम्मेदवार संजिव यादवको नाम हटाइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
संजिवको नाम हटाएर नगर समिति बैठकले सिफारिस गरेका नामहरु बिनोद भर्खेर र ज्ञानकुमार यादवको नाम मात्र समावेश गरिएको विरोधमा यादवका समर्थकहरुले नारावाजी गर्दै पार्टी कार्यालय घेराउ गरेका छन् ।

धनुषाधाम नगरपालिकाको नगर समिति बैठकबाट बिनोद भर्खेर, ज्ञानकुमार यादव र संजिव यादवको नाम सिफारिस भएको थियो । तर जिल्ला समन्वय समिति धनुषाले मधेस प्रदेश समितिमा सिफारिस गरेका नामहरुमध्ये मनोमानी तरिकाले संजिवको नाम हटाएपछि विरोधमा यादव समर्थकले नाराबाजी गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


